‘ए’ डिभिजन लिगः फ्रेन्डस र थ्री–स्टारले खेले बराबरी – Nepal Press

‘ए’ डिभिजन लिगः फ्रेन्डस र थ्री–स्टारले खेले बराबरी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री–स्टार क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्डसका लागि जुडे गर्सियाले ५१औं मिनेछमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै थ्री–स्टारका मिक्छेन तामाङले ८२औं मिनेटमा बराबरी गोल फर्काए ।

खेलको २५औं मिनेटमा थ्री–स्टारका संजोक राईले हानेको प्रहार गोल पोष्ट नजिकै बाट बाहिरिएको थियो । पहिलो हाफमा दुवैटोलीले केहि अवसर बनाएपनि गोलहुन सकेन ।

रोमाञ्चक बनेको दोस्रो हाफको पाँच मिनेट नबित्दै थ्री–स्टारका लागि संजोकको पासमा रितिक कुमार खड्काले वान भर्सेज वानमा गोल गर्ने सुन्दर मौका गुमाए ।

यस्तै, ५१औं मिनेटमा फ्रेन्डसका कप्तान प्रकाश बुढाथोकीको क्रसमा जुडे गर्सियाले हेडरमार्फत सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । थ्री–स्टारका संजोकले ७५औं मिनेटमा बक्स बाहिरबाट हानेको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

मिक्छेन तामाङले ८२औं मिनेटमा थ्री–स्टारकालागि बराबरी गोल फर्काए । उनले रितिकले गरेको क्रसमा पेनाल्टी एरियाबाट गोल गरेका थिए ।

पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलेको फ्रेन्डस दोस्रो खेलमा सँकटासँग २–१ गोलको नतिजामा पराजित भएको थियो ।

थ्री–स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० गोलको नतिजामा पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नवप्रवेशी सातदोबाटोसँग १–० को नतिजामा पराजित भएको थियौ ।

यो बराबरीसँगै फ्रेन्डसले ३ खेलबाट २ अंक जोडेको छ । थ्री–स्टारले समान तीन खेलबाट ४ अंक जोडेको छ ।

आज हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ क्लब भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *