नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा सम्पन्न, बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड पुग्यो – Nepal Press

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा सम्पन्न, बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड पुग्यो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा भर्चुअल माध्यमबाट भएको हो ।

पृथ्वीबहादुर पाण्डे अध्यक्षतामा वसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये १२.६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसहमतिका साथ पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षे ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा ,खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेका जानकारी गराउँदै बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १४० अर्बबाट वृद्धि भइ रु. १६२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकलाई सेवा पु¥याउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर