बुटवलमा व्यापार मेलाको तयारी – Nepal Press

बुटवलमा व्यापार मेलाको तयारी

रुपन्देही । उद्योग व्यापार संघ बुटवलले आगामी पुस ८ गतेदेखि औद्योगिक व्यापार मेला गर्ने निर्णय गरेको छ ।

स्वाधीन अर्थतन्त्रका लागि औद्योगिकरण तथा ब्यापार विविधकरण नाराका साथ बुटवलको देवीनगरमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला सञ्चालन गर्ने तयारीमा लागेको संघले जनाएको छ ।

बुटवलको देवीनगर रंगशाला नजिकैको खुला मैदानमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सञ्चालन गर्न लागिएको हो । मेलाका लागि बुटवल उपमहानगरपालिकाबाट लिखित स्वीकृति लिएर तयारीका काम थालेको संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए ।

एकदुई दिनमै मेलाको सचिवालय देवीनगरमा सारेर तयारीका काम तीब्र बनाउने निर्णय भएको वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

मेलामा स्वदेशी उद्योग र उत्पादन,कृषि, हस्तकला र नयां प्रविधिलाई प्राथमिकता दिने गरी स्टल राखिने महासचिव पदम जीसीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर