१२ पास भएपछि गायिका रचना रिमालको योजना : काठमाडौंमा बस्छु, संगीत पढ्छु ! – Nepal Press

१२ पास भएपछि गायिका रचना रिमालको योजना : काठमाडौंमा बस्छु, संगीत पढ्छु !

काठमाडौं । पछिल्लो समयकी हिट गायिका रचना रिमालको जीवनमा शुक्रबार नयाँ खुशि आएको छ । उनले झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ पास गरेकी छिन् ।

‘निकै खुशि छु, अब संगीत विषय लिएर ब्याचलर पढ्छु’ उत्साहित मुद्रामा सुनिएकी रचनाले नेपाल प्रेसलाई भनिन् ।

रचनाले शुक्रबार सार्वजनिक भएको नतिजामा जीपीए ३.४४ ल्याएकी छिन् । कक्षा १२ पास गरेपछि उनलाई सबैतिरबाट बधाइको ओइरो लागेको छ ।

अबदेखि काठमाडौंमा रहेर गीत गाउने र स्नातक पढ्ने आफ्नो योजना रहेको उनले सुनाइन् । ‘काठमाडौंमा बस्ने र गीत गाउने’ योजनालाई लिएर उनको संक्षिप्त टिप्पणी थियो ।

अध्ययनसँगै सांगीतिक करियरलाई अघि बढाउने योजना उनको छ । ‘जति करियरको महत्व छ, उति नै अध्ययन महत्वपूर्ण छ’ उनले भनिन्, ‘संगीत विषयमा पढेर यसबारे धेरै बुझ्न मन लागेको छ ।’

लकडाउनकै समयमा उनले ६० भन्दा बढी गीत रेकर्ड गराएकी थिइन् । उनको स्वरको पहिलो चर्चित गीत भने फोटो फिरिममा हो । शिशिर भण्डारीको शब्द तथा संगीतमा रहेको यो गीत हिट भएपछि उनलाई अफरको ओइरो लाग्यो ।

नेपाल आइडलको तेस्रो संस्करणमा उनी उत्कृष्ट आठसम्म पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *