मलेसियामा अलपत्र नेपालीको उद्दारमा जापानी दूतावास सक्रिय, साँझसम्म नेपाल फर्काउने तयारी – Nepal Press

मलेसियामा अलपत्र नेपालीको उद्दारमा जापानी दूतावास सक्रिय, साँझसम्म नेपाल फर्काउने तयारी

जापान । टोकियोस्थित जापानी दूतावासले मलेसियामा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल भइहेको बताएको छ ।

जापान आउनका लागि हिमालय र मालेदो एयरको विमानबाट मलेसिया पुगेका ३२ नेपालीलाई मलेसियाको विमानस्थलले ‘बोर्डिङ’ पास नदिएपछि अलपत्र परेका छन् ।

कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै जापानले विदेशीको आवागमनमा कडाइ गरेको हो ।

३२ जनामध्ये १ जना पुनःप्रवेश गर्ने व्यक्ति रहेको तर संगै नयाँ प्रवेश गर्ने बच्चा पनि भएकाले रोकिएको टोकियोस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत अम्बिका जोशीले जानकारी दिए ।

सकेसम्म सबैलाई जापान प्रवेश गर्ने वातावरण मिलाउने कोसिस भैरहको जोशीको भनाइ छ । ‘हामीले कोसिस गरिरहेका छौ’, उनले भने, ‘के हुन्छ यसै भन्न नसकिने अवस्था छ ।’

हिमालय एयरको विमानबाट आएका २३ र मालेदो एयरको विमानबाट आएका ९ जना गरी ३२ नेपाली अहिले मलेसियाको विमानस्थलमा अलपत्र परिरहेका छन् ।

मलेसियाको विमानस्थलममा रहेका रामशरण भट्टले दिएको जानकारीअनुसार एयर वयज कम्पनीहरुले आ–आफ्ना यात्रुलाई नेपाल फर्काउने तयारी थालेका छन् ।

‘हिमालय एयरका कर्मचारीले आज बेलुकासम्ममा नेपाल फर्काइने जानकारी दिएका छन्’, उनले भने, ‘समय यकिन भनेका छैनन् ।’

विमानस्थलको गलत सूचनाका कारण यस्तो अवस्था आएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *