१२ कक्षाको नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक बस्दै – Nepal Press

१२ कक्षाको नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

बोर्डको निर्णयपछि नतिजा सार्वजनिक हुनेछ ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर