सहिद स्मारक लिग : तेस्रो चरणअघि सहभागी क्लब के भन्छन् ? – Nepal Press

सहिद स्मारक लिग : तेस्रो चरणअघि सहभागी क्लब के भन्छन् ?

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेलहरू शुक्रबारबाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

४ दिनसम्म चल्ने तेस्रो चरणको खेलमा तिन दिन २ खेल हुनेछ भने एक दिन एकमात्रै खेल हुने तालिका सार्वजनिक भएको छ । दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

शुक्रबारको पहिलो खेलमा फ्रेण्ड्स क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ । यस्तै दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले लगातार दुई खेलमा पराजित भई पुछारमा रहेको एपीएफ फुटबल क्लबसँग भिड्नेछ ।

शनिबारको पहिलो खेलमा दोस्रो स्थानको संकटा क्लबले शीर्षस्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले उपाधिमा दाबी गरेको न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो चरण अन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले बलियो त्रिभुवन आर्मी फुटबल क्लबको आक्रामक फुटबलको दबाब खेप्नेछ । एन्फाले २० गते तय दुई खेललाई भने दुई दिन धकेल्दै २२ गतेलाई पुर्‍याएको छ ।

रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै तेस्रो चरणका अन्तिम दुई खेल सारिएका हुन् । बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । सोही दिन हुने तेस्रो चरणको अन्तिम खेलमा लगातार दोस्रो खेलमा पराजित जावलाखेल युथले साबिक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्ने तालिका छ ।

तेस्रो चरणको पूर्वसन्ध्यामा एन्फाले पत्रकार सम्मेलन गरेको थियो । सहभागी क्लबको प्रशिक्षक तथा प्रतिनिधिले आ–आफ्नो खेल जित्ने रणनीति सुनाए ।

यस्तो छ सहभागी क्लबका प्रशिक्षक र प्रतिनिधिको भनाई–

मृगेन्द्र मिश्र
मुख्य प्रशिक्षक– फ्रेण्ड्स
तयारी राम्रो छ । विदेशी खेलाडी फर्कँदै छ । म थ्री स्टारको पूर्व खेलाडी प्रशिक्षक दुवै हुँ । टोलीविरुद्ध सबै थाहा छ । थ्रीस्टार बलियो टोली हो । थ्री स्टार टाइटल होल्डर टिम हो । यो भन्दैमा डराउँदैनौ । भोलि अंक खोस्ने । तीन अथवा बराबर जे भएनी हुन्छ । हाम्रोमा स्टार खेलाडी छैन । दिन दिनै राम्रो भइरहेको छ ।

रवीन्द्र सिलाकार
सहायक प्रशिक्षक –थ्री स्टार
लगभग तयारी पुरा भएको छ । फिटनेस लेबलमा आएको छ । सुरुको खेल हो ९सातदोबाटोविरुद्धको हार० हारेर फरक पर्दैन । धेरै खेल बाँकी छ । तालिकामा सबै टोली उस्तै छ । अस्तिको खेलले फरक पर्दैन । प्रतिद्वन्द्वी कम हुँदैन । धेरै आत्मविश्वासी हुनु हुँदैन । फ्रेण्ड्सविरुद्ध खेलाडीलाई तयार गरेका छौँ ।

सुरज महर्जन
सहायक प्रशिक्षक – सातदोबाटो युथ
तयारी पहिलेबाटनै राम्रो छ । मनोबल उच्च छ । थ्री स्टारविरुद्ध मात्रै हैन । सबै टोलीविरुद्ध जित्नको लागि खेल्छौं । विपक्षी सबै राम्रो छ । कमजोर मान्दैनौं ।

रत्न महर्जन
सहायक प्रशिक्षक– एपीएफ क्लब
दुई खेल हार्‍यौ । प्रेसर छ । तीन अंकको लागि खेल्छौ । रिदम बिग्रेको छ । कमजोर सुधार गर्छौ । सातदोबाटो युवा खेलाडीले भरिएको छ । उसको मनोबल उच्च छ । भोलिको लागि हामीले राम्रो प्लानिङ बनाएका छौं ।

राज कुमार केसी
सहायक प्रशिक्षक–संकटा
टिम हिसाबले सबै टोली बलियो छ । हामीले तयारी एक हप्ता पायौ । विपक्षीविरुद्ध तयारी राम्रो छ । टिम गेम खेल्न खोजिरहेका छौँ । तीन अंकको लागि खेल्छौं ।

राजेन्द्र तामाङ
मुख्य प्रशिक्षक– मनाङ मस्र्याङ्दी क्लब
संकटा बलियो छ । गेम मुमेन्ट बलियो छ । सेट पिसमा राम्रो छ । कर्नलमा धेरै भन्दा धेरै चान्स पाएको छ । लिग तालिकामा शीर्षस्थान जोगाउन भोलि ध्यान दिनुपर्छ । तीन अंकको लागि खेल्छौ । अट्याक पनि गर्छौ डिफेन्स पनि गर्छौ ।

राजु काजी शाक्य
मुख्य प्रशिक्षक – न्युरोड टिम एन आए टी
पहिलो दुई खेलले केही बिग्रेको छैन । सबै टिम उस्तै छ । खेल अझै बाकी छ । हाम्रो लक्ष्य शीर्ष४ को लागि हो । । गेममा तलमाथि छ । राम्रो तयारी छ । पहिलो खेल राम्रो भयो । दोस्रो खेलमा राम्रो हुन सकेन ।

राजु श्रेष्ठ
अफिसियल– ब्रिगेड ब्वाइट क्लब
हाम्रो पहिलो नाइट खेल । उत्साहित छौ । आर्मी शारीरिक रूपमा राम्रो छ । त्यसैलाई ध्यानमा राखेर अभ्यास गरेका छौं । जित्नको लागि खेल्छौं । सेटको प्लेयर अझै मैदान उत्रिन पाएको छैन ।

राजु तामाङ
सहायक प्रशिक्षक– आर्मी
उपाधि दाबेदारमै छौं मानसिक रूपमा तयार छौ । तीन अंक लिने लक्ष्य छ । हाम्रो दुई खेलमा हामी अन लक्की भन्दा पनि विपक्षी राम्रा भए । उनीहरूको अंक समेत राम्रो आएको छ । टोलीमा स्ट्राइकर अभाव खड्केको छ । त्यसलाई मध्यनजर गरेर खेल्छौ ।

विजेन पुडाशैनी
व्यवस्थापक– हिमालयन शेर्पा क्लब
कसैलाई पनि कमजोर लिँदैनौ । पुलिससँग तीन अंकको लागि खेल्छौ । अभ्यास भइरहेको छ । सबै खेलाडी तयार छन् ।

सञ्जीव जोशी
सहायक प्रशिक्षक– नेपाल पुलिस क्लब
तीन अंकको लागि खेल्छौँ । अगाडि खेलमा दोस्रो खेल राम्रो भयो । सुमन घाइते भएर खेल्दा पनि राम्रो गर्‍यो । हामी दुवै टिम बराबर छ । दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता छ ।

किशोर केसी
मुख्य प्रशिक्षक –जावलाखेल युथ क्लब
तयारी सुन्दर छ । राम्रो छ । अबको खेल मछिन्द्रसँग छ । त्यसमा खेल खेलेका नम्बर वान भन्ने छन् । मछिन्द्रसँग फुटबल खेल्छौ । तीन अंक नभए पनि एक अंक खोस्न खेल्छौ । दुई चरणमा त्यस्तो बलियो टोली देखेको छैन । प्रतिस्पर्धा सबैसँग गर्न सक्छु । बाजिगर भएको छु । हारेर पनि खुसी छु ।

प्रवेश कटुवाल
मुख्य प्रशिक्षक– मछिन्द्र
तयारी राम्रो छ । खेल सर्‍यो त्यसले झनै राम्रो छ । स्ट्राइकर ८ भए पनि ३ खेलाउने हो । जावलाखेल दुई खेल हारे पनि राम्रो छ । प्रतिस्पर्धा राम्रो हुन्छ । तीन अंकको लागि खेल्छौ । दुई चरणको खेल सकियो । सबै खेलाडी र क्लब उस्तै प्रदर्शन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *