नाडाको अध्यक्षमा ध्रुव थापाको उम्मेदवारी घाेषणा, यस्तो बन्याे प्यानल – Nepal Press

नाडाको अध्यक्षमा ध्रुव थापाको उम्मेदवारी घाेषणा, यस्तो बन्याे प्यानल

काठमाडौं । अटो व्यवसायी ध्रुव थापाले आफ्नो प्यानलसहित अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । थापाले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

थापाको समूहबाट नाडाका कार्यसमितिका आकाश गोल्छा, दिवक अग्रवाल, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, र शुभाशिष थपलिया, यमुना श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान, प्रकाह सिग्देल, अमरज्योति रञ्जित, बिएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुषाल, रिद्दि कार्की, सगुन बिएस् कंसाकार र सञ्जयकुमार खेतान सदस्य रहेका छन् ।

हिजे मात्रै अध्यक्षका अर्का प्रत्यासी करण चौधरीले पनि आफ्नो समूह घोषणा गरेका थिए । नाडाको साधारणसभा तथा नयाँ कार्य समितिको निर्वाचन मंसिर २२ र २३ गते हँदैछ ।

निर्वाचित अध्यक्षसहित १७ कार्यसमिति पदाधिकारीहरु नेतृत्वमा आउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर