कांग्रेसको प्रदेश सभापति उठ्न ९१ हजार, सदस्य बन्नै ३१ हजार – Nepal Press

कांग्रेसको प्रदेश सभापति उठ्न ९१ हजार, सदस्य बन्नै ३१ हजार

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा उम्मेदवारी दर्ताका लागि चर्को शुल्क तोकिएको छ ।

गण्डकी प्रदेशको राजनधानी पोखरामा सुरु भएको गण्डकी प्रदेश अधिवेशनमा सभापतिको उम्मेदवारीकै लागि मनोनय दस्तुर ९१ हजार रुपैयाँ लाग्ने भएको छ ।

त्यस्तै उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार र सहमहामन्त्रीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकिएको छ । प्रदेश कार्यसमिति सदस्यका लागि मात्रै ३१ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।

प्रदेश अधिवेशनका प्रतिनिधिहरुले निर्वाचन समितिले चर्को शुल्क लिएको गुनासो गरेका छन् ।

प्रदेश अधिवेशनका प्रत्येक प्रतिनिधिबाट २ हजार ५ सयका दरले रजिष्ट्रेशन शुल्क समेत लिइएको छ ।

गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले अधिवेशनका नाममा पैसाको खोलो बगाइएको आरोप लगाए ।

लोकतान्त्रिक पार्टीमा उम्मेदवार बन्नकै लागि हजारौं रुपैयाँ शुल्क तिर्न पर्नु दुःख भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर