जनवरी १ देखि पोखरामा केबलकार चल्ने, सात मिनेटमै साराङकोट पुग्न सकिने


पोखरामा नवनिर्मित केबलकारको परीक्षण सफल भएको छ । मंगलबार अन्नपूर्ण केवलकार कम्पनीले केवलकारको परीक्षण गरिएको थियो ।
फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको २ घण्टा गरिएको परीक्षणमा कुनै समस्या नदेखिएको सञ्चालक तिर्थराज त्रिपाठीले बताए ।
आगामी जनवरी १ देखि व्यावसायिक रुपमा सञ्चालन गरिने तयारी छ । कोरोना माहामारीले गर्दा निर्माणमा तोकिएभन्दा ४ वर्ष ढिलो भएको कम्पनीले जनाएको छ ।
अहिले गाडीमा करिब ३० मिनेट लाग्ने बाटो केबलकार सञ्चालामा आएपछि सेदीबगरबाट ७ मिनेटमै साराङकोट पुग्न सकिन्छ ।
नेपालीका लागि भाडा (जाने र आउने) ६ सय रुपैयाँ तोकिएको छ भने विदेशीलाई १५-२० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीलगायतका लागि विशेष छुटको व्यवस्था हुने त्रिपाठीले बताए ।
करिब २ अर्बको लागतमा आयोजनाको निर्माण गरिएको छ । कम्पनीले हाल करिब २५ जनालाई रोजगारी दिँदै आएको छ भने व्यावसायिक रुपमा सञ्चालन भए ८० जनालाई रोजगारी दिने जनाएको छ ।