भारतमा पुरुषभन्दा महिलाको संख्या बढी, प्रजनन दरमा पनि गिरावट – Nepal Press

भारतमा पुरुषभन्दा महिलाको संख्या बढी, प्रजनन दरमा पनि गिरावट

दिल्ली । भारत सरकारले गरेको पछिल्लो अध्ययनमा मुलुकमा पुरुषभन्दा महिलाको जनसंख्या बढी देखिएको छ । उक्त अध्ययनले भारतमा प्रजनन दरमा समेत कमी आएको बताएको छ ।

सन् २०१९ देखि २०२१ सम्म गरिएको भारतको राष्ट्रिय परिवार तथा स्वास्थ्य सर्वेक्षणका अनुसार प्रतिहजार पुरुषलाई १ हजार २० जना महिला पुग्ने देखिएको छ ।

उक्त सर्वेक्षणले ६ लाख ५० हजार घरमा गरेको अध्ययनमा पनि भारतको प्रजनन दर २ प्रतिशतले घटेको देखाएको छ । प्रजनन तहबाट यो दर ओरालो लागेको देखिएको छ । भारतको सहरी क्षेत्रमा प्रजनन दर १.६ प्रतिशत छ ।

यसको अर्थ, भारतमा शिशुको जन्मने संख्या निकै कम छ । अहिले भारतको कूल जनसंख्या १.४ बिलियनको नजिक छ र यसले सामाजिक रुपान्तरणको संकेत गरेको बताइएको छ । सन् १९५० मा एकजना भारतीय महिलाले ६ जना बच्चा जन्माउने ट्रेन्ड थियो ।

पछिल्लो सर्वेक्षणको नतिजाले महिलाको जनसंख्या वृद्धि हुनुमा बालिकाको भ्रुणहत्या गर्ने सामाजिक विकृतिलाई चुनौति दिएको रुपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर