अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरिएन्ट, आर्थिक संकट आउन सक्ने जापानको चेतावनी – Nepal Press

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरिएन्ट, आर्थिक संकट आउन सक्ने जापानको चेतावनी

क्यालिफोर्निया । पछिल्लोपटक अफ्रिकामा भेटिएको भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका हुन् । पूर्ण मात्रा खोप लगाइसकेका ती व्यक्तिमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ ।अघिल्लो हप्ता दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरु भएको चिसो याममा कोभिड-१९ लड्ने रणनीतिहरु तयार पार्दैछन् भने मध्य मार्चदेखि सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । ह्वाइट हाउसले अन्तर्राष्ट्रिय यात्रुका लागि अनिवार्य कोरोना परीक्षणको योजना ल्याउने जनाएको छ ।

अमेरिकाको केन्द्रिय रोग नियन्त्रण विभागले दक्षिण अफ्रिकाबाट अमेरिका पुगेका यात्रुलाई अनिवार्यरुपमा नाम टिपाउन निर्देशन दिएको छ । नोभेम्बर ८ मा पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरिएन्टको असरबारे भने विस्तृत जानकारी अझै आउन बाँकी छ । यो भेरिएन्ट कति असरदार छ भन्ने थाहा पाउन अझै दुई साता प्रतीक्षा गर्नुपर्ने अमेरिकी राष्ट्रपतिका चिकित्सा सल्लाहकार डा. एन्टोनी फाउचीले बताएका छन् ।

यसैबीच, विभिन्न मुलुकहरुले प्रतिबन्धलाई कडा तुल्याउँदै जान थालेपछि जापानको केन्द्रिय बैंकले आर्थिक संकट चुलिन सक्ने चेतावनी दिएको छ । बैंक अफ जापानका बोर्ड सदस्य हितोसी सुजुकीले आर्थिक पुनउत्र्थानको लक्ष्य हासिल गर्ने जापानको योजनामा ओमिक्रोन भेरिएन्टले धक्का पुग्न सक्छ । नोभेम्बर २८ सम्म ५६ वटा मुलुकहरुले नयाँ भेरिएन्टविरुद्ध प्रतिबन्धहरु लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर