न्यायपालिकाका ‘हड्ताली समूह’ छलफलमा, न्यायाधीशले गोला तान्न पाएनन् – Nepal Press

न्यायपालिकाका ‘हड्ताली समूह’ छलफलमा, न्यायाधीशले गोला तान्न पाएनन्

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र बार पदाधिकारीबीच छलफल सुरू भएको छ । बुधबारबाट सुरू भएको गोला प्रक्रियाबाट इजलास गठनको प्रक्रियामा बारले अत्तो थापेपछि दुई पक्ष पुनः छलफलमा जुटेका हुन् ।

सर्वोच्च अदालतमा छलफलका कारण अदालतको कार्यालय समय सुरू भए पनि न्यायाधीशहरूले गोला तानेका छैनन् । गोला तान्न छाडेर ‘हड्ताली न्यायाधीश’ को नेतृत्वकर्ता दीपक कार्कीलगायतले बार नेतृत्वसँग बैठक गर्ने भनेपछि सबै न्यायाधीश जम्मा भएका हुन् ।

न्यायाधीशसँगको छलफलमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य सहभागी छन् । आन्दोलनको सुरूआतमा प्रधानन्यायाधीशले बारलाई पर्यवेक्षकको रूपमा पूर्णबैठकमा बोलाउँदा अश्वीकार गरेर बहिष्कारमा उत्रिएका न्यायाधीशहरू अहिले आफैं बार पदाधिकारीसहितको बैठकमा बसेका हुन् ।

यता बारमा निर्णय नगरी वार्तामा गएको भन्दै अध्यक्ष श्रेष्ठको विरोध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर