पाैडेल पक्षबाट वागमती प्रदेश सभापतिमा केसी साझा उम्मेदवार – Nepal Press

पाैडेल पक्षबाट वागमती प्रदेश सभापतिमा केसी साझा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसकाे वागमती प्रदेश सभापतिमा संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी साझा उम्मेदवार बन्ने भएका छन् । वरिष्ठ नेता रामचन्द्र पाैडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी र गगन थापा लगायतको सहमतिमा केसी प्रदेश सभापतिकाे उम्मेदवार बन्ने भएका हुन् ।

उनी यसअघि नुवाकोट कांग्रेसकाे सभापति थिए । संविधानसभा सदस्यसमेत रहेका केसी अर्जुननरसिंहका भाइ हुन् । वागमती प्रदेशमा सभापति शेरबहादुर देउवानिकट समूहबाट इन्द्र बानियाँ र नेता कृष्णप्रसाद सिटौलाकाे समूहबाट भीमसेनदास प्रधान उम्मेदवार बन्दैछन् ।

त्यस्तै महामन्त्रीमा पूर्व राज्यमन्त्री कञ्चनचन्द्र वादे र मकवानपुरका पूर्व जिल्ला सभापति रामचन्द्र माइकललाई उम्मेदवार बनाउने सहमति भएकाे छ । प्रदेश कार्यसमितिका अन्य पदाधिकारीकाे उम्मेदवार टुंग्याउन नेता छलफलमै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *