निखिल उप्रेतीले गरे जेठी पत्नीसँग औपचारिकरुपमै सम्बन्ध विच्छेद – Nepal Press

निखिल उप्रेतीले गरे जेठी पत्नीसँग औपचारिकरुपमै सम्बन्ध विच्छेद

भक्तपुर । नायक निखिल उप्रेती (दिनेश उप्रेती) र जेठी पत्नी कोपिलाबीच औपचारिकरुपमा सम्बन्ध विच्छेद भएको छ । कोपिलालाई छाडेको झन्डै १३ वर्षपछि उनीहरुले सम्बन्धलाई टुंग्याएका हुन् ।

जिल्ला अदालत भक्तपुरको अभिलेखअनुसार गत साउन ३२ गते उनीहरुको सम्बन्ध विच्छेद भएको हो ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासमा उनीहरुबीच सहमतीमै सम्बन्ध विच्छेद भएको हो । मिलापत्रमा भनिएको छ : ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सही क्षापसमेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यसंहिता २०७४ को दफा १९३ ‘४०’ बमोजिम मिलापत्र प्रमाणित गरिएको छ ।’

निखिलले नायिका सन्चिता लुइँटेलसँग सन् २००८ मा दोस्रो विवाह गरेका थिए।

निखिलको कोपिलातर्फबाट एक छोरा छन् भने सञ्चितातर्फ एक छोरा र छोरी छन्। कोपिलासँग भने निखिलले संघर्षका दिनमा नै विवाह गरेका थिए। दुवै पक्षले सहमतिमा सम्बन्ध विच्छेद गरेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर