टायर पंचर भएपछि जहाज धकेल्दै यात्रु (भिडिओ) – Nepal Press

टायर पंचर भएपछि जहाज धकेल्दै यात्रु (भिडिओ)

काठमाडौं । बाजुरा बिमानस्थलमा मानिसहरुले जहाज धकेलिरहेको दुर्लभ दृष्य आज देखिएको छ । तारा एयरलाइन्सको जहाज अवतरणका क्रममा पंचर भएपछि त्यसलाई रन वेबाटठ पन्छाउन यात्रुले धकेल्नुपरेको हो ।

हुम्लाको सिमकोटबाट ९ एन-एभिइ जहाज बाजुरा बिमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी वेमा पुगेपछि पछाडिको टायर पंचर भएको हो ।

बिमानस्थलमा अन्य जहाजका यात्रुहरु उडानका लागि प्रतिक्षारत थिए । तर, तारा एयरको जहाजले अवरोध गरेपछि त्यसलाई यात्रु र सुरक्षाकर्मी मिलेर किनारा लगाए । त्यसपछि ताराकै अर्को जहाजले टायर लिएर गएका थियो । टायर फिट गरेर दुवै जहाज नेपालगञ्ज अवतरण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर