खाद्य संकटबारे अध्ययन गर्न राष्ट्रसंघका विशेष दूत काठमाडौंमा – Nepal Press

खाद्य संकटबारे अध्ययन गर्न राष्ट्रसंघका विशेष दूत काठमाडौंमा

काठमाडौं । चरम गरिबी तथा मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक ओलिभर डे शुटर हिमाली मुलुकमा गरिबी निवारणका प्रयासहरूको समीक्षा गर्न सोमबार नेपाल आइपुगेका छन् ।

औपचारिक भ्रमणको सिलसिलामा उनले आज राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष एवं सदस्यहरुसँग नेपालमा भोकमरीको अवस्था र मानवअधिकारबारेका पछिल्लो परिस्थितीबारे छलफल गरे । ९ डिसेम्बरसम्म काठमाडौंमा रहने उनले खाद्य संकट रोक्न सरकारले गरेका प्रयासहरुको अध्ययन गर्ने भएका छन् ।

डे शुटर नेतृत्वको डेलिगेसन टोलीले काठमाडौं उपत्यकाको वाग्मती नदीमा बसोबास गर्ने मानिसहरुको खाद्य उपलब्धताको अध्ययन गर्ने भएको छ भने दलित मुद्दाहरूमा र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सर्तको रूपमा राष्ट्रियता र नागरिकताबारेको राउन्ड टेबल छलफलमा समेत भाग लिनेछ ।

डे शुटरले गतसाता विज्ञप्ति जारी गर्दै सन् २०२४ सम्म गरिबी आधाभन्दा बढी घटाउने र ६० प्रतिशत जनसङ्ख्यालाई कुनै न कुनै रूपमा सामाजिक सुरक्षा प्रदान गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई स्वागत गरेको बताएका थिए ।

उनले आफ्नो भ्रमण यी लक्ष्यमा भएको प्रगति मूल्याङ्कन गर्ने अवसर हुने बताए ।

संयुक्त राष्ट्र संघका प्रतिवेदकले स्थानीय अधिकारीहरू र गरिबीबाट प्रभावित समुदायहरूसँग पनि भेट गर्ने कार्यक्रम छ र डिसेम्बर ९ मा काठमाडौंमा आफ्नो प्रारम्भिक निष्कर्षहरू प्रस्तुत गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर