सीएनएनले आफ्ना चर्चित एकंर क्रिस क्यूमोलाई हटायो – Nepal Press

सीएनएनले आफ्ना चर्चित एकंर क्रिस क्यूमोलाई हटायो

न्यूयोर्क । आफ्ना दाजु तथा न्यूयोर्क गभर्नर एन्ड्रिय क्यूमोका साथीसँग अनैतिक सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि अमेरिकी टिभी च्यानल सीएनएनले आफ्ना एंकर क्रिस क्यूमोलाई अनिश्चितकालको निस्कासन गरेको छ ।

तर, आरोपित एकंर क्यूमोले चाहिँ यसबारे केही खुलाएका छैनन् ।

उनलाई हटाएसँगै अब उनले संचालन गर्ने कार्यक्रम टुस्टे नाइटको ठाउँमा एन्डर्सन कुपर ३६० प्रसारण हुने सीएनएनले जनाएको छ ।

निस्कासनसम्बन्धी मंगलबारको सीएनएनको यस्तो घोषणाले विश्वभर तरंग सिर्जना गरेको छ । बेलुका ९ बजे प्रसारण हुने क्यूमोको कार्यक्रम विश्वमा सबैभन्दा बढी हेरिने कार्यक्रममध्येको एक थियो ।

सीएनएन नेटवर्कमा उनको उपस्थितीलाई लार्जर द्यान लाइफ उपस्थिती मानिन्छ । तीन महिनाअघि आफ्ना दाजुलाई लागेको यौन दुव्र्यहारको आरोपको बाबजुद पनि एकंर क्यूमोले जागिरलाई निरन्तरता दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर