साउदी अरबमा पनि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि – Nepal Press

साउदी अरबमा पनि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि

रियाद । साउदी अरबमा बुधबार पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

संक्रमण रोकथामलाई कडा प्रतिबन्धहरु लागू गरिरहँदा साउदीमा निकै संक्रामक मानिएको भेरिएन्ट पुष्टि भएको अलजजिराले जनाएको छ ।

उत्तर अफ्रिकी मुलुकबाट रियाद पुगेका साउदी अरबका नागरिकमा संक्रमण पुष्टि भएको थियो र उनलाई अहिले आइसोलेसनमा राखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, नाइजेरियामा पनि पहिलोपटक बुधबार भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर