जरुरी कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह – Nepal Press

जरुरी कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

नेपालमा अहिलेसम्म ओमिक्रोन भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले जरुरी कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो ।

विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको कोरोनाभाइरसको नयाँ प्रजाति ओमिक्रोन नेपालमा फेला नपरिसकेको जनाउँदै मन्त्रालयले सतर्कता अपनाउन समेत भनेको छ ।

उक्त भेरिएन्टको रोकथामका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको समेत मन्त्रालयले जनाएको छ ।

समयमै सावधानी अपनाएर भेरिएन्टलाई नेपाल प्रवेश गर्न नदिन र जनजीवनलाई सामान्य राख्न सरकारले आग्रह गरेको हो ।

यो भेरिएन्ट बढी संक्रामक देखिएको र सबै उमेर समूहलाई असर पर्ने देखिएको समेत मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयले पायक पर्ने ठाउँमा गएर खोप लगाउन समेत आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर