नकुन्नी धोबी र निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु) – Nepal Press

नकुन्नी धोबी र निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि बनाइएको छानविन समितिले काम नगरेको भन्दै स्थानीयहरुको धर्ना ६ दिन देखि जारी छ ।

पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि काठमाडौं आइपुगेका पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन् । उनीहरुले न्यायका लागि कलम चलाउनुस्, कहाँ हे हमरे मानव अधिकार, राष्ट्रिय छानविन समितिको सिफारिस पनि बेकार लेखेको प्लेकार्ड बोकेका छन् ।

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । यसअघि पनि उनीहरुको रुवी खानसहितको टोली माइतीघरमा अशसनमा बसेका थिए । गृहमन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । तर छानविन समिति निश्क्रिय भएपछि उनीहरु फेरि धोबी र कुर्मीको न्यायका लागि धर्नामा बसेका हुन् ।

बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी यसअघि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेका थिए ।

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको पीडितहरुले बताएका छन् ।

उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् ।

सरकारले अनुसन्धान समिति गठन गरेर अपराधीलाई कारबाही गर्ने आश्वासन दिएपनि अहिलेसम्म अभियुक्तहरुलाई समातेर अनुसन्धान गर्न ढिलाइ गरेको उनीहरुको गुनासो छ । पीडित परिवारले अभियुक्तलाई समातेर छानबिन नगरेसम्म धर्ना नछोड्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर