राष्ट्रियताको सवालमा राप्रपासँग हाम्रो गोत्र मिल्छ : प्रचण्ड (भिडिओ) – Nepal Press

राष्ट्रियताको सवालमा राप्रपासँग हाम्रो गोत्र मिल्छ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विचार भिन्न भए पनि राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् । राप्रपा महाधिवेशनको उद्घाटनमा बोल्दै प्रचण्डले वैचारिक अन्तरविरोध भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्न जाने बताए ।

‘हाम्राबीचमा अन्तरविरोध छ तर मैले पहिले पनि भनेको थिए । हाम्रो अनेकताभित्र एकता छ । राष्ट्रियता र देशभक्तिको सवालमा हाम्रो गोत्र मिल्न जान्छ’, उनले भने । मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराइ स्वाधीनताको रक्षा गर्न सबै दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने उनले बताए ।

‘राष्ट्र सबैभन्दा माथि छ । दलहरूबीचको संवादलाई अझ घनीभूत बनाएर राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ । त्यसका लागि सहकार्य जरुरी छ’, प्रचण्डले भने ।

उनले पार्टी ३ टुक्रा पार्नेहरूले समेत एकताको नाममा महाधिवेशन गरेको बेला साँच्चै एकताको महाधिवेशन गर्न सफल भएको भन्दै राप्रपालाई शुभकामना समेत दिए ।


प्रतिक्रिया

One thought on “राष्ट्रियताको सवालमा राप्रपासँग हाम्रो गोत्र मिल्छ : प्रचण्ड (भिडिओ)

  1. जसले भारत मा बसेर १७००० मान्छे मार्यो उहि राष्ट्रबादी कति फटाहा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर