महेन्द्रको प्रशंसा गरेपछि सीपीलाई प्रचण्डले भने- राप्रपाको अध्यक्ष बन्नूस् (भिडिओ) – Nepal Press

महेन्द्रको प्रशंसा गरेपछि सीपीलाई प्रचण्डले भने- राप्रपाको अध्यक्ष बन्नूस् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिएका छन् ।

राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा मैनालीले राजा महेन्द्र सबैभन्दा राष्ट्रवादी भएको अभिव्यक्ति दिएपछि प्रचण्डले मैनालीलाई व्यंग्य गर्दै राप्रपाको अध्यक्ष बन्न लागेको हो ? भनी सोधेका हुन् ।

‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सीपी मैनालीजीहरूले नै गरेको हो । अहिले आएर राजा महान् भन्दिनु भो । मलाई लाग्यो सीपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेको हो कि ? हो भने शुभकामना छ’, प्रचण्डले भने ।

उनले सीपीले जस्तो आफूले बोल्न नजान्ने भन्दै राजनीति पछाडि फर्कन नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर