आईपीएल २०२२: कुन क्लवले कुन खेलाडी रिटेन र रिलिज गरे ? – Nepal Press

आईपीएल २०२२: कुन क्लवले कुन खेलाडी रिटेन र रिलिज गरे ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आठ फ्रेन्चाइज टोलीले आगामी सिजनका लागि कुल २७ खेलाडीलाई रिटेन गरेका छन् ।
समग्रमा फ्रेन्चाइजहरुले २७ खेलाडीलाई राख्न २ सय ६९ करोड भारु खर्च गरेका छन् । जसमध्ये १९ भारतीय र ८ विदेशी खेलाडी रहेका छन् ।

चेन्नाई सुपर किङसले रबिन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अलि, रुटराज गइकवाडलाई रिटेन गरेको छ भने फप डू प्लेसिस, ड्वायन ब्राभो, सुरेस रैना, दिपक चाहार जस्ता खेलाडीलाई टोलीबाट रिलिज गरेको छ ।

दिल्ली क्यापिटल्सले चार रिसभ पन्त, अक्सर पटेल, प्रिथ्वी स, एनरिच नोर्टजेलाई रिटेन गरेको छ । यस्तै श्रेयस आयर, अभेस खान, रविचन्द्रन अस्विन र कागिसो रबडालाई रिलिज गरेको छ ।

कोल्काता नाइट राइडर्सले चार खेलाडीहरु आन्द्रे रसेल, भरुन चक्रवर्ती, भेनकातेस आयर, सुनिल नारिन लाई रिटेन गरेको छ । मुख्य चार खेलाडीहरु एवइन मोर्गान, सुभमान गिल, दिनेश कार्तिक, लोकी फरगुसनलाई टोलीबाट रिलिज गरेको छ ।

मुम्बई इन्डियन्सले रोहित शर्मा, जस्पित बुम्राह, सुर्य कुमार यादव, किरोन पोलार्डलाई रिटेन गरेको छ भने, हार्दिक पान्ड्या, इशान किसान, ट्रेन्ट बोल्ट, राहुल चाहारजस्ता मुख्य खेदाडीहरुलाई रिलिज गरेको छ ।

पन्जाव किङ्सले दुई खेलाडी मात्र रिटन गरेको छ । पन्जावले मयाङ्क अग्रवाल र आर्सदिप सिंहलाई रिटेन गरेको हो । मुख्य तीन खेलडी केएल राहुल, रभि बिसोनी र निक्होलास पुरानलाई रिलिज गरेको छ ।

राजस्थान रोयल्सले तीन खेलाडी रिटेन गरेको छ । सन्जु सामसन, जोस बटलर र यसास्भि जैसवाल लाई रिटेन गर्दै रेजेस्थानले बेल स्ट्रोक र जोफ्रा आचेरलाई टोलीबाट रिलिज गरेको छ ।

रायल च्यालेन्जर्स ब्याङलोरले बिराट कोहली, ग्लेन म्याक्सवेल र मोहमद सिराजलाई रिटेन गरेको छ । मुख्य खेलाडीहरु डेवदत्त पाडिक्कल, हर्सल पटेल, युजभेन्द्र चहाललाई रिलिज गरेको छ ।

सनराइजर्स हैदरावादले केन विलियमसन, अवदुल समाद, उम्रान मालिकलाई रिटेन गरेको छ । यस्तै डेभिड वार्नर, जोनि बारिस्टो, रासिद खान र भुवनेश्वर कुमारजस्ता मुख्य खेलाडीलाई रिलिज गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर