सीपीसीलाई प्रचण्डको बधाइ सन्देश : सीपीसी बैठक समाजवाद निर्माणतर्फ प्रष्ट दिशानिर्देश (भिडिओ) – Nepal Press

सीपीसीलाई प्रचण्डको बधाइ सन्देश : सीपीसी बैठक समाजवाद निर्माणतर्फ प्रष्ट दिशानिर्देश (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९ औं केन्द्रीय कमिटीको छैटौं बैठकको सफलताप्रति बधाइ सन्देश दिएका छन् ।

प्रचण्डले सीपीसीलाई पठाएको भिडिओ सन्देशमा सीपीसी बैठकले आगामी सयवर्षमा शान्तिपूर्ण र समृद्धिपूर्ण विश्व निर्माणका लागि गरेका दिशानिर्देश ऐतिहासिक महत्वको भएको बताएका छन् ।

‘आउने सयवर्षको लागि उक्त बैठकले चौतर्फीरुपमा समाजवादको निर्माण गर्ने प्रष्ट दिशानिर्देष गरेको छ’ प्रचण्डको सन्देशमा भनिएको छ, ‘यो निकै महत्वपूर्ण छ ।’

कोभिड–१९ विरुद्धको लडाइमा विश्वले चीनबाट सहयोगको अपेक्षा गरेको बताउँदै प्रचण्डले बैठकले अवलम्वन गरेको योजना, नीति र समिक्षा विश्वका लागि अनुकरणीय भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर