जापानले दक्षिण अफ्रिकासहित १० देशलाई पूर्ण प्रतिबन्ध लगायो, रि-इन्ट्रीसमेत नपाइने – Nepal Press

जापानले दक्षिण अफ्रिकासहित १० देशलाई पूर्ण प्रतिबन्ध लगायो, रि-इन्ट्रीसमेत नपाइने

टाेकियाे । नयाँ प्रवेशीलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको जापानले दक्षिण अफ्रिका सहितका १० देशलाई पूर्ण प्रतिबन्ध लगाएको छ ।

विश्वका सम्पूर्ण देशबाट जापान प्रवेश गर्न चाहने नया प्रवेशीहरुलाई मात्र प्रतिबन्ध लगाएको जापानले दक्षिण अफ्रिका संगै अंगोला, इस्वाटिनी, जाम्बिया, जिम्बाब्वे, नामिबिया, बोत्सवाना र मलावीबाट जापान प्रबेशमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको जापानको विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयका अनुसार माथि उल्लेखित मुलुकबाट जापानको आवासीय हैसियत भएकाहरु पनि बिहीवारदेखि जापानमा पुनः प्रवेश पाउने छैनन ।

दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोन भाइरसको संक्रमण फैलन नदिन जापानले ४८ देश बाट जापान प्रवेश गर्नेहरुलाई सरकारी क्वारेनटाइनमा बस्नुपर्ने नीति पनि अबलम्बन गरेको छ ।

जापानले देश अनुसार १० दिन, ६ दिन र ३ दिन गरी क्वारेनटाइन बस्नुपर्ने व्यवस्था गरेको विदेश मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ । नेपालबाट जापानमा पुनः प्रवेश गर्नेहरुले ३ दिन विमानस्थलको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर