सिरी ए मा युभेन्टसको सहज जित

२०७८ मंसिर १५ गते ८:३२

एजेन्सी । इटालीयन सिरी ए मा युभेन्टसले सातौं जित निकालेको छ । लिगमा पछिल्लो एक दशकयताकै खराव सुरुआत गरेको युभेन्टस विस्तारै लयमा फर्कँदैछ ।
मंगलबार राति भएको खेलमा युभेन्टसले अंकतालिकाकाे पुछारमा रहेकाे सालेरनितानलाई २–० अन्तरले पराजित गरेको हो । भ्रमणकारी टोली युभेन्टसको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १–१ गोल गरे ।
जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौं स्थानमा पुगेको छ भने सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछारमा छ ।
प्रतिक्रिया
सम्बन्धित खवर