देउवा-सिटाैला गठबन्धन माेरङमा पराजित, शेखरनिकट लिम्बू सभापतिमा निर्वाचित – Nepal Press

देउवा-सिटाैला गठबन्धन माेरङमा पराजित, शेखरनिकट लिम्बू सभापतिमा निर्वाचित

माेरङ । नेपाली कांग्रेस माेरङकाे सभापतिमा संस्थापन इतर समूहका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । आज भएको दाेस्राे चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा उपसभापति विजयकुमार गच्छदार र नेता कृष्णप्रसाद सिटाैलाकाे संयुक्त समर्थन रहेका दिलिप गच्छदारलाई पराजित गरेदै लिम्बू विजयी भएका हुन् ।

लिम्बू नेता डा. शेखर काेइराला निकट हुन् । लिम्बूले १ हजार ९ सय ६ मत ल्याउँदा गच्छदारले १ हजार ४ सय २२ मत ल्याए । पहिलो चरणमा तेस्रो भएका उम्मेदवार यदु विष्टले समर्थन गरेपनि गच्छदारले जित हात पार्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर