दम्पत्तिकै हार : भीम आचार्य सचिवमा हार्दा पत्नी निरा केन्द्रीय सदस्यमा पराजित – Nepal Press

दम्पत्तिकै हार : भीम आचार्य सचिवमा हार्दा पत्नी निरा केन्द्रीय सदस्यमा पराजित

इटहरी । नेकपा (एमाले) को दसौं महाधिवेशनमा चुनाव लढेका एमाले पूर्वसचिव भीम आचार्य दम्पत्ति नै पराजित भएका छन् ।

सात सचिवका लागि भएको चुनावमा भीम आचार्यले आठौँ धेरै मत ल्याए  । आचार्यको मत ७८८ आयो भने उनी भन्दा थोरै कम चीनका लागी पूर्व नेपाली राजदूत टंक कार्कीको ५५९ मत भएको थियो ।

भीम आचार्य पत्नी निरा खनाल समेत चुनावमा हारेकी छन् । प्रदेश १ महिला सदस्यको उम्मेदवार रहेकी खनालले ६१४ मत प्राप्त गरिन् । उनको जित सुनिश्चित भएन् ।

३० पदको लागी भएको चुनावमा प्रदेश १ महिलातर्फ झापाको कमल गाँउपालीकाकी प्रमुख मेनुका काफ्ले, धरानकी उपमेयर मन्जु भन्डारी र पूर्व प्रदेशमन्त्री उसाकला राई विजयी भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर