तीन महिनासम्म कार्यकर्ता एकीकरण अभियान चलाउने ओलीको घोषणा – Nepal Press

तीन महिनासम्म कार्यकर्ता एकीकरण अभियान चलाउने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब तीन महिनासम्म एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । यस्तो एकीकरण अरु पार्टीसँग नभएर कार्यकर्ताहरुको हुने उनको भनाइ छ ।

पार्टीका निर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण समारोहपछि ओली अब एमालेमा अरु पार्टीका कार्यकर्ता प्रवेश गराउने अभियान चलाइने बताए ।

उनले भने, ‘पार्टी–पार्टी भेला गरेर हुँदैन, कार्यकर्ता भेला गर्नुपर्छ । विभिन्न पार्टीबाट कार्यकर्ता हामीले प्रवेश गराउनुपर्छ । यस्तो अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाइन्छ ।’

यस्तो अभियान कहिलेबाट सुरु गर्ने भन्ने केन्द्रीय कमिटीले मिति तय गर्ने ओलीले जानकारी दिए । एमालेको १० औं केन्द्रीय कमिटीको पहिलो वैठक आजै बस्ने पनि उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर