नवनिर्वाचित केन्द्रीय सदस्यलाई ओलीले भने : शालिन हुनुस्, नेता झैं व्यवहार गर्नुस् ! – Nepal Press

नवनिर्वाचित केन्द्रीय सदस्यलाई ओलीले भने : शालिन हुनुस्, नेता झैं व्यवहार गर्नुस् !

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ नेतृत्व पंतिलाई बधाई दिएका छन् ।

मतपरिणाम घोषणा र सपथग्रहणपछि बोल्दै ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई ‘नेता झैं व्यवहार देखाउन’ आग्रह गरे ।

पार्टीका पुराना केन्द्रीय सदस्यहरुले नयाँ आएकाहरुलाई असल तौरतरिका सिकाउन पनि ओलीले दिर्नेशन दिए ।

उनले भने, ‘नयाँले उत्सुकता र जागरुकताका साथ सिक्ने काम गर्न जरुरी छ । नेता झैं व्यवहार गर्नुस । शालिनता र विनम्रताका साथ व्यवहार गर्नुस । घमण्ड र अहंकार छोड्नुस । अहंकारी नेता हुँदैन र नेता अहंकारी हुँदैन ।’

ओलीले आफूहरु जनताका सेवक भएको बताए । विनम्रताका सथा देश र जनताको सेवामा समर्पित हुनुपर्ने उनको भनाइ छ ।

‘हरेक व्यक्तिहरुप्रति हामी सम्मानजनक सहिष्णुताका साथ हामी जान्छौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर