भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार – Nepal Press

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

काठमाडौं । एमालेको पदाधिकारी प्रतिस्पर्धामा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । अहिले सुनाइएको मतपरिणाम अनुसार उनीहरु केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत प्राप्त गरेका छन् । घनश्याम भुसालले १२६४ मत ल्याएका छन् ।

रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । उपाध्यक्षमा उम्मेदवारी दिएका भुसाल पनि हारेका थिए । उनीहरु दुवैलाई महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यमा भोट दिएका छन् । रावलनिकट नेता झपट रावल पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । सचिवमा हारेका भीम आर्चा १३९३ मत ल्याउँदै केन्द्रीय सदस्य बनेका छन् । सचिवमै पराजित टंक कार्कीले भने केन्द्रीय सदस्य गुमाए उनले ९०५ भोट ल्याए ।

भीम रावलले भने आफू केन्द्रीय सदस्य नबस्ने बताएको एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

  1. ९०४ बिजय ९०५ पराजित किन बुझ्न पाइन्छ होला

Leave a Reply to भिम प्र. न्यौपाने Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर