नयाँ भेरिएन्टविरुद्ध अहिले प्रयोगमा आएका खोप कम प्रभावकारी : मोर्डना प्रमुख – Nepal Press

नयाँ भेरिएन्टविरुद्ध अहिले प्रयोगमा आएका खोप कम प्रभावकारी : मोर्डना प्रमुख

प्रमुख ब्यान्सेलको अभिव्यक्तिपछि विश्व बजारमा तरंग

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्टविरुद्ध खोप कम प्रभावकारी हुने उत्पादक कम्पनी मोर्डनाका कार्यकारी प्रमुखको अभिव्यक्तिपछि विश्व बजार तरंगित बनेको छ ।

अहिले प्रयोगमा आइरहेका खोपहरु डेल्टाविरुद्ध प्रभावकारी हुने भएपनि ओमिक्रोनसँग कम प्रभावकारी हुने बताएपछि विश्व बजार तरंगित बनेको रोयटर्सले जनाएको छ ।

मंगलबारको युरोपेली स्टक मार्केट १.५ प्रतिशतले घटेको छ । टोकियोको निक्केइ इन्डेक्स १.६ प्रतिशतले घटेको छ । कच्चा तेलको मूल्यमा पनि ३ प्रतिशतले गिरावट आएको छ ।

अष्ट्रेलियाको डलर विनिमयदर एकवर्ष यताकै न्यून विन्दूमा पुगेको छ । खोप उत्पादक कम्पनी मोर्डनाका कार्यकारी प्रमुख स्टेफन ब्यान्सेलले उक्त अभिव्यक्ति दिएपछि यस्तो परिस्थिती आएको हो ।

फिनान्सिलय टाइम्ससँग कुरा गर्दैैले ब्यान्सेलले नयाँ भेरिएन्टसँग खोप कम प्रभावकारी हुने बताएका थिए । सीएनबीसीसँग कुरा गर्दै मोर्डनाका अधिकृतले नयाँ भेरिएन्टविरुद्ध आगामी महिनादेखि खोप आपूर्ति सुरु हुने बताएका थिए ।

विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले पनि अहिले प्रयोगमा आएका खोपको एन्टीबडीले नयाँ भेरिएन्टविरुद्ध काम गर्छ वा गर्दैन भन्ने कुरा थाहा पाउन अझै एकसाता प्रतीक्षा गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *