स्विडेनकी प्रथम महिला प्रधानमन्त्री दोस्रो पटक निर्वाचित, पुनः काममा फर्किइन् – Nepal Press

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री दोस्रो पटक निर्वाचित, पुनः काममा फर्किइन्

स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी अन्डेर्सन मङ्गलबार पुनः दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

पुनः निर्वाचित भएसँगै उनी पुनः प्रधानमन्त्रीको काममा फर्किएकी छिन् । अघिल्लो पटक स्विडेनको संसद्ले उनलाई प्रधानमन्त्री बनाएको थियो । तर उनलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनले एक दिनमै राजीनामा दिनुपरेको थियो ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनले प्रस्तुत गर्ने बजेट संसदबाट पारित नहुने भएपछि राजीनामा दिएकी थिइन् । त्यसअघि अर्थमन्त्री रहिसकेकी एन्डर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *