अष्ट्रेलियाले तत्काल विदेशी यात्रुलाई प्रवेश अनुमति नदिने, जान लागेका नेपाली विद्यार्थी पनि रोकिए – Nepal Press

अष्ट्रेलियाले तत्काल विदेशी यात्रुलाई प्रवेश अनुमति नदिने, जान लागेका नेपाली विद्यार्थी पनि रोकिए

सिड्नी । कोरोनाभाइरसको नयाँ भेरिएन्टको त्रासको कारण अष्ट्रेलियाले अझै केही साता अन्तर्राष्ट्रिय सीमा नखुलाउने भएको छ । यसअघि गत बुधबारदेखि सीमा खुलाउने बताइएपनि ओमिक्रेन भेरिएन्ट फैलन थालेपछि अष्ट्रेलियाले सीमा खुलाउने पूर्वनिर्णयलाई पुनर्विचार गरेको हो ।

अष्ट्रेलियामा पनि यो भेरिएन्ट संक्रमण पुष्टि भैसकेको छ । प्रधानमन्त्री स्कट मरिसनले दुई सता नयाँ कोरोनाबारे अनुसन्धान गर्न भन्दै तत्काल सीमानाका नखोल्ने निर्णय गरेका हुन् । यसअघिको निर्णयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने भनिएको थियो । हालको निर्णयसँगै अष्ट्रेलिया जानलागेका कामदार तथा विद्यार्थीहरुलाई भने असर परेको छ ।

यसअघिको निर्णयले अनुसार नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु पनि १ तारिखदेखि नै उड्ने तयारीमा थिए । तर अब कम्तिमा पनि डिसेम्बर १५ सम्म अष्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् । अष्ट्रेलियन नागरिकहरुलाई नै भने सीमामा प्रवेश रोक लगाइने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर