नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो – Nepal Press

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजार परिसुचक नेप्से १.६४ अंकले घटेर २६२८.३७ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर खरिविक्रीबाट ३ अर्ब ८ करोड रुपैयाँ बारबरको सेयर कारोबार भएको छ ।

यसैगरी सेन्सेटिभ परिसुचक ०.१८ अंकले बढेर ४९५.६३ अंकको विन्दुमा पुगेको छ । समूहगत उपसुचक तर्फ बैंकिङ समूह, व्यपार समूह, माइक्रोफाइनान्स समूह, जीवन बीमा समूह र लगानी समूहको सेयर कारोबार घटेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको सुचाङ्क ६९.६४ अंकले घटेको छ भने नीर्जीवन बीमा समूहको कारोबार सबैभन्दा धेरै करिब ९७ अंकले बढेको छ ।

समालिङ जलविद्युत कम्पनी र न्यादी जलविद्युत कम्पनीको सेयर कारोबारमा आज पनि सकारात्मक सर्किटब्रेक लागेको छ । १६ करोड २ लाख रुपैयाँको सेयर कारोबार गर्दै आईसीएफसी कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर