जापानमा ओमिक्रोन संक्रमण पुष्टि, १८ वटा देशमा फैलियो भेरिएन्ट – Nepal Press

जापानमा ओमिक्रोन संक्रमण पुष्टि, १८ वटा देशमा फैलियो भेरिएन्ट

टोकियो । जापानमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । नामिबियाबाट मंगलबार पुगेका एक ३० वर्षिय यात्रुमा संक्रमण पुष्टि भएको हो ।

ती व्यक्तिले टोकियोको नारिता विमानस्थलमा कोरोना परीक्षण गरेका थिए । परीक्षणमा नयाँ भेरिएन्ट पुष्टि भएको हो । जापानले मंगलबारदेखि लागू हुने गरी सबै विदेशी यात्रुलाई यात्रा प्रतिबन्ध लगाएको छ ।

आजसम्म १८ वटा मुलुकमा ओमिक्रोन संक्रमण पुष्टि भैसकेको छ । जसमा जापान, स्वीडेन, स्पेन, पोर्चुगल, क्यानडा, अष्ट्रेलिया, चेक रिपब्लिक, अष्ट्रिया, डेनमार्क, इजरायल, बेल्जियम, इटाली, हङकङ, जर्मनी, नेदरल्यान्ड्स, बेलायत, बोत्स्वाना र दक्षिण अफ्रिका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर