पार्टीभित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै प्रकाशमानको असन्तुष्टि – Nepal Press

पार्टीभित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै प्रकाशमानको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली कांग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई जोड दिन थालिएको बताएका हुन्। आदर्शको राजनीति नहुँदा पार्टी भित्र कमिकमजोरी देखा पर्न थालको उनले बताए ।

पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उनले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिए ।

उनले भने,‘१७ सालदेखि ४६ सालको पिरियडसम्म कांग्रेस मुल्य र मान्यताको राजनीतिमा आधारित थियो । ४६ पछि मुल्य, मान्यताको राजनीतिलाई महत्व नदिइकन, आदर्शको राजनीतिलाई महत्व नदिइकन शक्तिकेन्द्रीत राजनीतिमा जोड दिइयो । सत्ताको राजनीतिलाई जोड दिएको कारणले गर्दाखेरी कमी कमजोरी देखा पर्न थालेको छ । प्रजातान्त्रिक पार्टी, आन्तरिक डेमोक्र्याटिक एक्सरसाइज त हुनुप¥यो । तल्लो तहदेखि केन्द्रसम्म पार्टीको विधान अनुसार पार्टी चल्नुप¥यो । विधिसम्मत्, नियमसम्मत् तवरले पार्टी चल्नुप¥यो । संस्थागत रुपमा पार्टी चल्नुप¥यो ।’

नेता सिंहले नेपालका राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसकेको बताएका छन् । राजनीतिक दलहरु संस्थागत रुपले चल्न नसक्दा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई जनतासम्म प्रभावकारी रुपले पु¥याउन नसकिएको उनको भनाई छ । राजनीतिक पार्टीमा भएका कमी, कमजोरी र विकृतिहरुलाई हटाउनुपर्ने उनले तर्क गरे ।

उनले प्रजातान्त्रिक प्रणालीको रक्षाको निम्ति कांग्रेसलाई मजबुद बनाउनुपर्ने बताए । कांग्रेसलाई विधिसम्मत्, नियमसम्मत् र संस्थागत रुपमा चुनौती सामना गर्नसक्ने प्रभावकारी पार्टीको रुपमा परिणत गर्नु आवश्यक रहेको उनको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर