‘हे संगीता’को रिमेक बनाउँदै शम्भुजित, फिल्म ‘लप्पन छप्पन २’ मा देखाइने – Nepal Press

‘हे संगीता’को रिमेक बनाउँदै शम्भुजित, फिल्म ‘लप्पन छप्पन २’ मा देखाइने

काठमाडौं । सन् १९९७ मा रिलिज भएको फिल्म सुनचाँदीमा समावेश आइटम गीत ‘…हे संगीता’को अडियो तथा भिडियो रिमेक हुने भएको छ । फागुन १३ गते प्रदर्शन हुन लागेको फिल्म ‘लप्पन छप्पन २’ मा शम्भुजित बाँस्कोटाको यो चर्चित गीतलाई पुनःप्रयोग गर्न लागिएको हो । बाँस्कोटाकै स्वरमा गीतको रेकर्ड भैसकेको छ ।

आगामी महिना छायांकन हुने यो गीतमा कसले आइटम डान्स गर्नेछ भन्ने तय चाहिँ भैसकेको छैन । निर्देशक मुकुन्द भट्टले गीतमा उपयुक्त हुने आइटम गर्लको खोजी भैरहेको जनाएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै संगीतकार एवं गायक बाँस्कोटाले नेपाली दर्शक तथा श्रोताले रुचाउने गरी गीत तयार भएको बताए । ‘रिमिक्स र रिमेक भएर यो गीत आए यसले नयाँ जीवन पाउनेछ र नयाँ पुस्ताको दर्शकले पनि रुचाउनेछन्’ उनले भने ।

फिल्म सुनचाँदीमा शम्भुजित र देविका बन्दनाले यो गीत गाएका थिए । श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठको उक्त आइटम गीत त्यतिबेला निकै रुचाइएको थियो । ‘गीतको मर्म नमर्ने गरी आइटम डान्समा कास्ट गर्ने तयारी छ’ निर्देशक भट्टले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर