शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणः कुन खेलमा कति गोल ? – Nepal Press

शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणः कुन खेलमा कति गोल ?

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु सोमबार सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सम्पन्न दोस्रो चरणका सात खेलहरुमा कुल सात गोल भए । पहिलो चरणमा समान सात खेलमा कुल १६ गोल भएका थिए ।

दोस्रो चरणमा संकटा क्लब र फ्रेन्ड्स क्लबबिचको खेलमा सर्वाधिक ३ गोल भएको थियो । उक्त खेलमा संकटाले फ्रेन्डसलाई २-१ गोलको नतिजामा पराजित गरेको थियो । पहिलो खेलमा नवप्रवेशी सातदोवाटो क्लबले थ्री–स्टार क्लबलाई १-० गोलको नतिजामा हराएको थियो ।

तेस्रो खेलमा एपीएफ क्लब च्यासल युथ क्लबसँग १-० को नतिजामा पराजित भएको थियोे । चौथो खेलमा मनाङ मर्स्याङदी क्लबसँग हिमालयन शेर्पा क्लब १–० को नतिजामा हारेको थियो ।

पाँचौ खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १-० गोलको नतिजामा हराएको थियो । छैठौँ खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टिमले गोल रहित बराबरीमा रोकिएको थियो । दोस्रो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता नेपाल आर्मी फुटबल टिमले गोल रहित बराबरी खेलेका थिए ।

कोरोना भाइरसका कारण दुई वर्षपछि आयोजना भएको ए डिभिजन लिगको तेस्रो चरणको खेलहरु शुक्रबारदेखी दशरथ रंगशालामा हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी लिगमा तीन मैदानमा खेल गर्ने बताएपनि पहिलो र दोस्रो चरणका खेलहरु रंगाशालामै समापन भइसकेका छन् । यस्तै तेस्रो र चौथो चरणका खेलहरु पनि रंगाशालामै हुने मिती एन्फाले सार्वजानिक गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर