रणवीर-दीपिका स्टारर ‘८३’ फिल्म ट्रेलर लन्च, हेर्नूस रणवीरको कपिलदेव अवतार – Nepal Press

रणवीर-दीपिका स्टारर ‘८३’ फिल्म ट्रेलर लन्च, हेर्नूस रणवीरको कपिलदेव अवतार

मुम्बई । रणवीर सिंह र दीपिका पादुकोण स्टारर फिल्म ‘८३’को अफिसियल ट्रेलर लन्च भएको छ । ट्रेलरमा रणवीर कपिल देवकै दुरुस्तै पात्रका देखिएका छन् ।

कपिलको भूमिकामा रणवीरको रुपान्तरण र उनको अभिनयको प्रशंसा भएको छ । भारतीय क्रिकेट टीमको खेलमार्फत ट्रेलर सुरु भएको छ ।

भारतीय टीमका खेलाडीहरु एकपछि अर्को गरी आउट हुन्छन् र टीमको आशा कपिल देवमा टिकेका हुन्छन् । सन् १९८३ मा भारतीय क्रिकेट टोलीले खेलेको विश्वकपलाई लिएर फिल्म निर्माण भएको हो ।

यो फिल्ममा पंकज त्रिपाठी तत्कालिन भारतीय क्रिकेट टीमका व्यवस्थापक पीआरमान सिंहको चरित्रमा छन् । ३ मिनेट ४९ सेकेन्ड लामो ट्रेलरमा रणवीरमार्फत कपिल देवको जीवन यात्रालाई चित्रण गरिएको छ ।

फिल्ममा दीपिका पादुकोणले कपिलदेवकी पत्नी रोमी भाटियाको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा ताहिर राज भासिन, जीवा सलिम, जतिन सराना, चिराग पाटिलको पनि मुख्य भूमिका छ ।

आगामी डिसेम्बर २४ मा यो फिल्म रिलिज हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर