भारतीय मूलका पराग अग्रवाल ट्वीटरका नयाँ सीईओ – Nepal Press

भारतीय मूलका पराग अग्रवाल ट्वीटरका नयाँ सीईओ

एजेन्सी । सामाजिक संजाल ट्वीटरको सीईओमा भारतीय मूलका अमेरिकन पराग अग्रवाल नियुक्त भएका छन् । वर्तमान सीईओ ज्याक डोर्सीले राजीनामा दिएपछि अग्रवाल नियुक्त भएको ट्वीटरले जनाएको छ ।

ट्वीटरका प्रमुख प्रविधि अधिकारीसमेत रहेका अग्रवाल सीईओमा पदोन्नति भएका हुन् । सीईओ फेरिएसँगै ट्वीटरको शेयरमा १ दशमलव ५ प्रतिशतले गिरावट आएको छ ।

४५ वर्षीय डोर्सी ट्वीटर र उनको डिजिटल पेमेन्ट कम्पनी स्क्वायरका सीईओ रहँदै आएका थिए । उनी सन् २०२२ सम्म ट्वीटरको बोर्ड सदस्यका रुपमा भने रहनेछन् ।

संस्थापकहरु र कर्मचारी डोर्सीसँग असन्तुष्ट थिए । उनले ट्वीटरबाटै राजीनामा घोषणा गरेका थिए । तर उनले राजीनामा दिनुपर्नाको कारणबारे थप केही बताएका छैनन् ।

अग्रवालले सन् २०१७ देखि ट्वीटरमा प्रमुख प्रविधि अधिकारीका रुपमा काम गर्दै आएका थिए । उनले सन् २०११ मा वरिष्ठ इन्जिनियरका रुपमा ट्वीटरमा काम सुरु गरेका थिए ।

अग्रवालले इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजी मुम्बईबाट अण्डर ग्रयाजुएट गरेका थिए । अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीबाट कम्प्युटर साइन्समा पीएचडी गरेका छन् । ४५ बर्षका अग्रवाल भारतमा स्नातक अध्ययनपछि उच्च शिक्षाका लागि अमेरिका गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *