ओली पक्षले बाँड्यो भोट हाल्ने र नहाल्ने उम्मेदवारको सूची – Nepal Press
एमाले महाधिवेशन

ओली पक्षले बाँड्यो भोट हाल्ने र नहाल्ने उम्मेदवारको सूची

चितवन । नेकपा एमालेको महाधिवेशनअन्तरगत नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कसलाई भोट होल्ने, कसलाई नहाल्ने भन्ने सूची बाहिरिएको छ । सूचीमा अस्ति राति केपी शर्मा ओलीले घोषणा गरेका पदाधिकारी एवम् सदस्यलाई भोट हाल्ने, त्यसबाहेकका उम्मेदवारलाई नहाल्ने उल्लेख छ ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले सूची बनाएर प्रतिनिधिलाई बाँडेका हुन् । चुनावमा यसरी कुनै सूची बनाएर बाँड्न नपाइने भनिएको थियो ।

अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्यम भुसाल र सचिवमा टंक कार्की र भीम आचार्यलाई भोट नहाल्न भनिएको छ ।

त्यस्तै सदस्यहरुमा पनि भोट नहोल्नेलाई चिह्न लगाएको चिर्कटो बाँडिएको छ ।

भीम रावलको आपत्ति

यसरी पर्चा बाँडेकोप्रति अध्यक्षका उम्मेदवार भीम रावलले आपत्ति जनाएका छन् । उनले यसरी सूची बनाएर पर्चा बाँड्नु ‘पराजित मानसिकताको उपज’ भएको प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आचारसंहिताविपरीत पर्चा बाडिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

हेर्नुहोस्, प्रतिनिधिलाई बाँडिएको सूची

तस्बिरहरु: उमेश कार्की/ नेपाल प्रेस


प्रतिक्रिया

2 thoughts on “ओली पक्षले बाँड्यो भोट हाल्ने र नहाल्ने उम्मेदवारको सूची

  1. यो एमाले विरोधिहरूको षड्यन्त्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर