एमाले महाधिवेशन– तीनजना पछि हटेपछि सुदूरपश्चिमबाट खुला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित) – Nepal Press

एमाले महाधिवेशन– तीनजना पछि हटेपछि सुदूरपश्चिमबाट खुला केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा सुदूरपश्चिम प्रदेश भूगोलतर्फ पुरुष केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएका छन् ।

तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सदस्य निर्विरोध रुपमा चयन भएका हुन् ।

एमाले सुदुरपश्चिम भूगोल पुरुषतर्फ केन्द्रीय सदस्यहरु राजेन्द्र सिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भैरवबहादुर सिंह र लिलाधर भट्ट चयन भएका हुन् ।

फिर्ता लिनेहरुमा कृष्णप्रसाद जैशी, सहदेब बोगटी र दिपकप्रसाद भट्ट रहेका छन् ।

भूगोलतर्फ महिलामा भने अझै सहमति हुन सकेको छैन् । ३ महिलाको कोटामा ६ जनाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर