कांग्रेस केन्द्र र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक – Nepal Press

कांग्रेस केन्द्र र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिमो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यकतालिका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिका लागि मंसिर २४ गते मतदाता नामावली प्रकाशन गर्ने तय भएको छ ।

इस्तै २५ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, २६ गते विहान ८ देखि १० बजेसम्म मनोनयनपत्रमाथि पर्ने दावी विरोध गर्दा र जाँचबुझ गर्ने तय भएको छ ।

समितिका अनुसार सोही दिन दिउँसो १२ बजेसम्म दावीविरोधमाथि निर्णय गर्ने र १२ देखि ३ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यसूची रहेको छ ।

२६ गते नै ४ बजेसम्म मनोनयन फिर्ताको समय तोकिएको छ । सोही दिन ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

मतदानको समय २७ गते विहान ८ बजेबाट तोकिएको छ ।

प्रदेश कार्यसमितिका लागि भने मंसिर १६ गतेबाट निर्वाचन कार्यतालिका तोकिएको छ । १६ गते विहान १० बजे मतदाता नामावली प्रकाशन गेर्न, १७ गते ८ देखि ११ बजेसम्म उम्मेदवारको मनोनयन गर्दा गर्ने र दिउँसो ११ देखि १ बजेसम्म दावी विरोधको समय दिइएको छ । २ बजेसम्म सो उपर निर्णय हुने कांग्रेसले नजाएको छ ।

सोही दिन साँझ ५ बजेसम्म उम्मेदवारको नामावली प ्रकाशन गर्ने। साढे ६ बजेसम्म मनोनयन फिर्ताको समय दिने र साढे ७ बजे अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक भएको हो ।

इस्तै १८ गते विहान ८ बजेबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर