‘शीर्ष नेतृत्वसँग परामर्श गरेरै केन्द्रीय सदस्य नबनेको हुँ, चाँडै अर्को महत्वपूर्ण जिम्मेवारी पाउँछु’ – Nepal Press

‘शीर्ष नेतृत्वसँग परामर्श गरेरै केन्द्रीय सदस्य नबनेको हुँ, चाँडै अर्को महत्वपूर्ण जिम्मेवारी पाउँछु’

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी अध्यक्ष र महासचिवसहित उच्च नेतृत्वसँगको परामर्श अनुसार नै आफू केन्द्रीय कमिटीमा नबसेको प्रष्ट पारेका छन् ।

भट्टराई केन्द्रीय कमिटी सदस्यको सूचीमा नपरेपछि विभिन्न अड्कलबाजी भइरहेका बेला वक्तव्य जारी गर्दै उनले निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी पाउने बताएका छन् ।

भट्टराईले भनेका छन्– खासमा पार्टी अध्यक्ष ,महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मावारी दिने भन्नुभएको छ । म यसैपनि संसदीय दलको प्रमूख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु ।

उनले केन्द्रीय सदस्य नभएका कारण आफ्नो भूमिका नखुम्चिने र आफू कमजोर नबन्ने भन्दै कसैलाई खुसी वा दुःखी नहुने आग्रह आगरेका छन् ।

उनले आफ्नो नाम केन्द्रीय सदस्यमा नआउँदा खुसी वा ठिक्क पर्यो भनी व्यंग्यात्मक टिप्पणी गर्नेहरुलाई आफू एमाले बलियो बनाउने भूमिकामा रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *