लुम्बिनीबाट ९ जना केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित) – Nepal Press

लुम्बिनीबाट ९ जना केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

रुपन्देही । नेकपा एमालेको १० औं महाधिवेशनमा लुम्बिनीबाट ९ जना केन्द्रीय सदस्य निर्विरोध भएका छन् ।

महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवालीसहित भूगोलबाट प्रतिनिधित्व गर्ने ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध भएका हुन् ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जानकारीअनुसार लुम्बिनी प्रदेशको नौ वटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नौ कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध हुने भएका हुन् ।

लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ तथा महिलातर्फका तीन गरी नौ कोटामा नौ जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने भएका हुन् ।

जसअनुसार लुम्बिनी प्रदेशबाट खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्विरोध रुपमा केन्द्रीय कमिटीमा पुग्ने भएका हुन् ।

महिलातर्फका तीन कोटामा मेनका पोखरेल, सरिता खनाल (भुसाल) र सावित्रा अर्याल केन्द्रीय कमिटी सदस्यका लागि निर्विरोध भएका हुन् । तर यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।

यसैगरी केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी निर्विरोध भएका छन् ।

लुम्बिनीबाट पदाधिकारीमा उपाध्यक्षमा युवराज ज्ञवाली, विष्णु पौडेल, घनश्याम भुसाल, सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर