कांग्रेस निर्वाचन समितिको ठहर- डडेल्धुराको चुनाव वैधानिक, एक सदस्यको फरक मत – Nepal Press

कांग्रेस निर्वाचन समितिको ठहर- डडेल्धुराको चुनाव वैधानिक, एक सदस्यको फरक मत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानविन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गरेको हो ।

बहुमतको सो निर्णयमा निर्वाचन समितिका सदस्य सीताराम केसीले भने लिखितरूपमा फरक मत राखेका छन् । उनले निर्वाचन अधिकृतले नै धाँधली गरेको भन्दै डडेल्धुराको निर्वाचनलाई वैधानिकता दिन नमिल्ने राय लेखेका छन् ।

जिल्लामा पुनः निर्वाचनको माग गर्दै केन्द्रीय कार्यालयमा अनसन चलिरहेको छ । रामचन्द्र पौडेल, शेखर कोइरालालगायतका नेताहरूले डडेलधुराको निर्वाचनलाई मान्यता नदिने भन्दै पुन: निर्वाचन हुनुपर्ने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर