भोलि कर्णाली प्रदेशसभा बैठक, एमाले सहभागी नहुने – Nepal Press

भोलि कर्णाली प्रदेशसभा बैठक, एमाले सहभागी नहुने

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक भोलि १४ गते दिउँसो एक बजे बस्ने भएको छ । भोलि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले विश्वासको मत लिने बताए पनि एमाले भने बैठकमा सहभागी नहुने भएको हो ।

एमालेको चितवनमा जारी महाधिवेशनमा दलका नेता देखि सांसद सम्म सहभागी भएका र महाधिवेशन नसकिएकोले एमाले भोलिको बैठकमा सहभागी नहुने भएको हो ।

‘उहाँहरुले अधिबेशन आव्हान गर्ने बेला नै थाहा पाउनु पर्थ्यो । उहाँहरुको भन्दा धेरै पहिले हाम्रो महाधिवेशनको मिति तोकिएको उहाँहरुले जान्नुपर्थ्यो ।’ एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘ उहाँहरु प्रमुख प्रतिपक्षी दल बिना कसरी सदन संचालन गर्नु हुन्छ ? त्यो थाहा छैन तर हामी पार्टीकाे महाधिवेशनमा व्यस्त भएकाले सदनमा उपस्थिति हुन सक्दैनौं ।’

उनले अधिवेशन सत्ता पक्षले बिना परामर्श र एमाले महाधिवेशनलाई अटेर गरि आव्हान गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर