केन्द्रीय सदस्यमा उम्मेदवारी दिने युवा नेता भण्डारीको घोषणा – Nepal Press

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने युवा नेता भण्डारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासी बन्ने भएका छन् । काठमाडौं क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भण्डारी लामो समय नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठनमा सक्रिय थिए ।

कांग्रेसको आगामि महाधिवेशन लोकतन्त्रवादी युवाहरुका लागि महत्वपूर्ण रहेको भन्दै भण्डारीले केन्द्रीय समितिमा पुगेर पार्टीको नीति, सिद्धान्त र जनताको पक्षमा काम गर्न चाहेको बताए ।

‘जननायक वीपी कोइरालाले देख्नुभएको लोकतान्त्रिक र समृद्ध नेपालको सपना अझै पूरा भएको छैन । कांग्रेसले नै यो अभियानको नेतृत्व गर्नुपर्ने भएकोले त्यसको एउटा सिपाही बन्नका लागि म केन्द्रीय सदस्यको प्रत्यासी बनेको छु’, भण्डारीले भने ।

विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले समाजसेवाका लागि आफू राजनीतिमा होमिएको बताए । ‘राजनीतिमा लागौँला, पदमा पुगौँला र आफ्नो स्वार्थ पूरा गरौँला भनेर होइन । आफूले सकेको योगदान समाज र राष्ट्रलाई गर्छु भनेर म अगाडि बढेको हुँ’, भण्डारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर